प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०८-०४

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९, भिमान चेकपोष्ट  स्थित बि.पि. राजमार्गमा इलाका प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ४ ख ५३४६ नं. को हाईस रोकि चेकजाँच गर्ने क्रममा सो हाइसको यात्रु जिल्ला खोटाङ खोटेहाङ गाउँपालिका ६ बस्ने वर्ष ३१ को अनिश राईले बोकेको कालो रङको झोला भित्र TRAMA NIL नामाक औषधी ११ पत्ता (११० पिस) र SPASPAIN नामक औषधी ११ पत्ता २ पिस ( ११२ पिस) फेला पारेको । निज अनिश राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।