प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

१०० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०७-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको चेकिङ टोलीले मनहरी तर्फबाट हेटौंडा तर्फ जान आउँदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नम्बरको योद्धा पिकअप भ्यानलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा खाली क्रेटहरुको बिचमा लुकाई छिपाई ल्याएको ६ वटा सेतो बोरा भित्र  पोका पारी ल्याएको प्लाष्टिकले बेरिएको ११ प्याकेट अन्दाजी १०० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको छ । उक्त पिकअप भ्यान र चालक जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-१२, शंखु ओखरकोट बस्ने अन्दाजी  २९ वर्षीय किरण वाग्लेलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८३ कार्यक्रम सम्पन्न
२०८३-०२-२७

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाण्डौ र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा यस बागमती प्रदेश प्रहरी कार्यालयको हलमा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री इन्द्रबहादुर बानियाँज्यूको प्रमुख आतिथ्यतामा एक दिवसीय “ बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी” कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा विशिष्ट अतिथि माननीय आन्तरिक मामिला मन्त्री शिवराज अधिकारीज्यू, विशिष्ट अतिथि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्र.अ.म.नि. सुशिल सिंह राठौरज्यू, उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता पुजा खत्रीज्यू, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. दिपक रेग्मीज्यू, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुख र अनुसन्धान अधिकृत, कसुरको अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुखहरु, पत्रकार महासंघका अध्यक्ष, संचारकर्मीहरु गरी १७२ जनाको उपस्थिति रहेको थियो ।