प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०६-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ५ ख २४६८ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला बारा, प्रसौनी गाउँपालिका-५, नकटुवा बस्ने अन्दाजी ४० वर्षीय रमेश महतो नुनियालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो हिरोईन अन्दाजी १० ग्राम फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।