प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-७, बुद्वपार्क स्थित पृथ्वी लोकमार्गमा प्रहरी चौकी गल्छी बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलिले सेतो रङ्गको बोरा साथमा बोकी गाडी कुरिरहेका जिल्ला नबलपरासी सुनौल नगरपालिका-१२ बस्ने वर्ष ३६ को ईन्द्र बहादुर डाला मगर र सोहि बस्ने वर्ष १९ को आशिष बि.क.लाई शंकालागी चेकजाँज गर्दा अन्दाजी १०किलो लागुऔषध गाँजा फेला पारेको थियो । निजहरूलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-१२-०४

धादिङ, गजुरी गाउँपालिका-२, रातामाटे स्थित राक्सीङबाट चालिसेतर्फ आउँदै गरेको बा. ९३ प. ३३४० नं. को पल्सर मोटरसाईकलमा लागुऔषध गाँजा ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा रातो जेब्रा झोला र खैरो लेदरको झोला भित्र अन्दाजी ६ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको । मोटरसाईकल चालक जिल्ला धादिङ गजुरी गाउँपालिका-३, वालसिङ्ग बस्ने वर्ष २३ को सुनिल तामाङ र सोहि बस्ने वर्ष ३५ को दिल बहादुर तामाङलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।