प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०६-२०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२०, चनौली बजार स्थित इलाका प्रहरी कार्यलय चनौलीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलिले गोप्य सूचनाको आधारमा संकास्पत लागी चेकजाँच गर्ने क्रममा जिल्ला चितवन भरतपुर महानगरपालिका-२६, ज्योतिनगर बस्ने वर्ष २३ को सन्तोष राई र सोहि बस्ने वर्ष २५ को नबिन वि.क.को साथबाट ट्रामाडोल ३०० पिस र १ थान Redmi फोन सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी यस कार्यालयमा ल्याई राखेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।