प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा

२०८२-११-१३

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।