प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०४-०४

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-६, महेस दोभानमा प्रहरी चौकी बैरेनि धादिङबाट खटिएको गस्ति टोलीले जिल्ला धादिङ गजुरी गाउँपालिका-७ किरानचोक बस्ने वर्ष ५० को भगवान पण्डितले बा.प्र.-०३-००१ ह ११४२ नम्बरको अटोमा अन्दाजी १० के.जी. लागुऔषध गाँजा सहित फेला पारी निज भगवान पण्डित र अटो चालक सहित नियंत्रणमा लिई थप अनुसन्धाक कार्य भईरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले  बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना.५ ख ८६८८ नम्बरको यात्रु बाहक माईक्रोलाई  शंका लागी चेक जाँच गर्दा माईक्रोमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका-२ राधेमाई बस्ने वर्ष अन्दाजी ३५ की किरण देबिनाले बोकेको झोलाबाट लागुऔषध डाईजेपामा-३५ पिस, फेनार्गन-६६ पिस, नुफिन -३४ पिस (जम्मा-१३५ पिस सबै 2 ml भएको) फेला पारी सवार निजको साथि देश भारत मतिहारी जिल्ला कलबारी मोडरीग्राम बस्ने वर्ष अन्दाजी २६ की पुनम देवी राम पनि संलन रहेको भन्ने बुझिएको, साथै उक्त लागुऔषध किनमेलमा संलग्न रहेको जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-९ HID बस्ने वर्ष अन्दाजी २७ को टेक बहादुर मगर लाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।