प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-१२-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४, कमलडाँडा स्थित वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा सोही स्थान बस्ने सुरज लिम्बुको छोरा वर्ष अन्दाजी २० को बिशाल लिम्बुको साथबाट लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ अन्दाजी ५ मिलि ग्राम (तौल हुन बाँकी) फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।