प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

कार्यालय:०५७-५२१४९९ 
कन्ट्रोल  :९८५५०९००००
टोल फ्रि : १६६०५७५२१००
ईमेल:bagmati@nepalpolice.gov.np

नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित विभिन्न कार्यक्रमहरु सम्पन्न
२०८१-०१-०५

    नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित कार्यक्रमहरुमा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा हेटौंडा उपमहानगरपालिका वडा नं. १० मा अवस्थित भूटनदेवी मन्दिर परिसरको सरसफाई कार्यक्रम भएको थियो । त्यसैगरी दोस्रो चरणमा नेपाल प्रहरी श्रीमती संघ हेटौंडाको कार्यालय शुभारम्भ, कार्य समितिका पदाधिकारीज्यूलाई पदवाहाली, रक्तदान कार्यक्रम शुभारम्भ एवं ग्रामीण जीवनस्तर सुधार मञ्च हाम्रो बाल गृह मकवानपुरमा खाद्यन्न तथा स्टेशनरीका सामाग्री वितरण समेत भएको थियो ।         उल्लेखित कार्यक्रमहरुमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यू, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यू, प्रहरी उपरीक्षकज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौका पदाधिकारीज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका कार्य समितिका पदाधिकारीज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका पदाधिकारीज्यूहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दार तथा जवानहरूको उपस्थिति रहेको थियो  ।        रक्तदान कार्यक्रममा ५८ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यूबाट नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

  • सिन्धुपाल्चोकमा मानिस झुण्डी मृत्यु
    २०८१-०१-२७

    सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-९, सुकुटे बिच रिसोर्ट भित्र सरसफाई काम गर्ने जिल्ला कालिकोट, खाँडाचक्र नगरपालिका-२, घर भई सोही होटलमा सरसफाईको काम गर्दै आएकी २० वर्षीया मनिषा चौलागाई होटल भित्रकै आफु सुत्ने कोठाको छानोको फलामको डण्डीमा सलको पासो लगाई झुण्डी अचेत अबस्थामा निजकै श्रीमानले देखी तत्काल पासो काटि उपचारको लागी सुनकोशी गाउँपालिका-७, खाडीचौर स्थित सदाबहार अस्पताल लगिएकोमा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

    [ विस्तृतमा ]
  • मकवानपुरमा मानिस झुण्डी मृत्यु
    २०८१-०१-२६

    मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२, दोङटोल बस्ने अन्दाजी ८५ वर्षीय अमृत बहादुर सिङतान आफ्नै घरको चोटाको डाडा/भाटामा पटुकाको पासो लगाई झुण्डी मृत्यु भएको  छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

    [ विस्तृतमा ]
  • प्रतिबन्धित औषध सहित मानिस नियन्त्रणमा
    २०८१-०१-२६

    चितवन, राप्ती नगरपालिका-७, अभियानचोक स्थित सङ्कास्पद रुपमा हिडिरहेका दुई जना जिल्ला चितवन, राप्ती नगरपालिका-७, अभियान चोक बस्ने २१ वर्षीय राजेश तामाङ र जिल्ला चितवन, राप्ती नगरपालिका-८ थ्री ग्रुप बस्ने २४ वर्षीय संजय परियारलाई सोधपुछ गरि चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित औषधी TRAMANIL- ६६४ पिस र ANARGAN - ५९८ पिस फेला परेकोले उक्त प्रतिबन्धित औषध सहित निजहरुलाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-०१-२७ प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फको प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको । (मिति: २०८१।०१।२७ गते ।)
२०८१-०१-२७ प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फ, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ र सञ्चारतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०१।२७ गते) ।
२०८१-०१-२७ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फ, प्यारामेडिक्सतर्फ र अन्यतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०१।२७ गते) ।
२०८१-०१-२७ प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ र स्वास्थ्य उपसमूह तर्फका प्राविधिक प्रहरी निरीक्षक पदहरूको विशेष स्वास्थ्य परीक्षणको नतिजा तथा प्रयोगात्मक परीक्षा र अन्तरवार्ता तालिका प्रकाशन सम्बन्धी सूचना (२०८१-०१-२७ गते)
२०८१-०१-२६ प्राविधिक प्रहरी समूह, हातहतियार उपसमूहतर्फ र स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०१।२६ गते) ।
२०८१-०१-२६ प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फ र अन्यतर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा सिफारिस सूचि प्रकाशित गरिएको (मिति २०८१।०१।२६ गते) ।
हाईलाईटहरू
बागमती प्रदेश
सामाजिक सञ्‍जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

प्रहरी दर्पण २०८१ बैशाख १५ गते || Prahari Darpan Epi:78 || चट्याङबाट बच्न के गर्न सकिन्छ ||
रेडियो कार्यक्रम
प्रहरी दर्पण २०८१ बैशाख १५ गते |
प्रहरी दर्पण २०८१ बैशाख ०१ गते
प्रहरी दर्पण २०८० चैत्र १५ गते

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।