प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विभिन्न स्थानमा मानिस झुण्डी मृत्यु

२०८०-१०-०३

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-७ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-८, पुलबजार स्थित डेरा गरी बस्ने २५ वर्षीया अस्मिता गुरुङ आफ्नै कोठाको झ्यालको रेलीङमा सलको पासो लगाई झुण्डी रहेको अवस्थामा निजको श्रीमानले देखी तत्काल पासो काटी उपचारको लागी सिरमेमोरीयल अस्पताल लगेकोमा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 


सिन्धुली, मरीण गाउँपालिका-१, सुंगुरे बस्ने अन्दाजी ३६ वर्षीय खुन बहादुर ठाडामगर आफ्नै घरको काठको बलोमा नाम्लोको डोरी पासो लगाई झुण्डिएको अवस्थामा मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


सिन्धुली, तिनपाटन गाउँपालिका-७, तोश्रामखोला बस्ने अन्दाजी २६ वर्षीया मैया परियार माटो ढुङ्गाले बनेको जस्ताको छानो भएको २ तल्ले कच्ची आफ्नै घरको काठको कोरामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


चितवन, भरतपुर महानगरपालिका-७, अमरमार्ग स्थितमा अण्डरग्राउण्ड बिद्युतको साईड म्यानेजरको रूपमा कार्यरत जिल्ला नुवाकोट स्थायी घर भएका २३ वर्षीय पुकार कडेलले आफु सुत्ने कोठाको पङ्खामा गलबन्दीको पासो लागाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।