प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस झुण्डी मृत अवस्थामा फेला

२०८१-०१-२१

  • A
  • A-
  • A+
Share

चितवन भरतपुर महानगरपालिका-१० केन्द्रिय बसपार्क चोक स्थितमा रहेको मार्से होटलको तेस्रो तलामा डेरा गरी बस्ने जिल्ला चितवन माडी नगरपालिका-१ चैनपुर बस्ने रोहित मगरको श्रीमती अन्दाजी वर्ष २५/२६ की कमला गुरुङ आफै सुत्ने कोठाको सिलिङ पंखामा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८१-०२-०५

नुवाकोट, दुप्चेस्वर गाउँपालिका-३, राउतबेसी स्थित पुरगाउँबाट समुन्द्रटार तर्फ आउँदै गरेको बा २ ख ६३८१ नम्बरको बसले राउत बेसीबाट पुरगाउँ तर्फ जाँदै गरेको बा.प्रदेश ०२-०२ प ४८५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक नुवाकोट, दुप्चेस्वर गाउँपालिका-३, राउतबेसी बस्ने ४३ वर्षीय अक्सर तामाङको टाउको र खुट्टामा चोट, मोटरसाईकल पछाडी सवार  निजकि श्रीमती अन्दाजी ४० वर्षीया रुपसानी तामाङ खुट्टामा चोट ,अवस्था गम्भिर भएकोले दुवै जना घाइतेहरुलाई उपचारको लागी काठमाण्डौ पठाइएकोमा रुपसानी तामाङको ग्राण्डी अस्पताल काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकल र बस सहित बस चालक जिल्ला नुवाकोट, तादी गाउँपालिका-५ बस्ने अन्दाजी ३६ वर्षीय मनहरि मगरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।