प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-१०-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थित प्रहरी चौकी बसपार्कबाट खटिएको चेकिङ टोलिले बिरगंज तर्फबाट नारायणगढ तर्फ जाँदै गरेको ना. ७ ख ३५०९ नम्बरको बसलाई रोकी चेकजाचँ गर्ने क्रममा उक्त बसमा सवार देश भारत मोतिहारी जिल्ला लक्ष्मिपुर बस्ने वर्ष अन्दाजी १७ को आरके यादवको शरीरमा टेपले टाँसी ल्याएको ६० पिस ओनरेक्स लागुऔषध फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।