प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-१२-२४

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-१, लोथर स्थित पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको BR06G2128 नम्बरको ईन्डियन ट्रकमा लागुऔषध गाँजा ल्याउदै गरेको छ भन्ने खबर प्राप्त हुना साथ उक्त स्थानका प्रहरी सहायक निरीक्षक र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा सिभिल टोली खटी गई चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा १८१.५ किलो फेला परेका थिए । निज ट्रक चालक देश भारत पूर्वीचम्पारण बिहार रक्सोल-८ बस्ने वर्ष ३० को कुन्दन पटेल सहितलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।