प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध र हतियार सहित मानिस नियन्त्रणमा

२०७९-११-१२

  • A
  • A-
  • A+
Share

मकवानपुर, कैलाश गाउँपालिका-६ दुम्सिखर्क बस्ने वर्ष अन्दाजी ५५/६० को जित बहादुर थिङको घरमा लागुऔषध रहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा र थप ईलाका प्रहरी कार्यालय, पालुङबाट प्रहरी नायव निरीक्षकको कमाण्डको टोली समेत गरी जम्मा २५ जनाको प्रहरीको टोलीले निज व्यक्तिको घर खानतलासी गर्दा घरबाट भरुवा बन्दुक थान-१, कटुवा पेस्तोल थान-१ सोही मा लाग्ने ६ राउण्ड गोली र निजकै घर नजिक रहेको गोठबाट लागुऔषध गाँजा १५ सय १५ के.जी. र चरेश १३ के.जी. फेला पारेको थियो । उक्त लागुऔषध र हतियार बरामद गरी अनुसन्धानको लागी जित बहादुर थिङ सहित ५ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।