प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोक र नुवाकोटमा मानिस झुण्डी मृत्यु

२०८०-११-१५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-८, ईर्खु बजार नजिकै बस्ने अन्दाजी २५ वर्षीया लक्ष्मी श्रेष्ठ घरबाट अन्दाजी २०० मिटर नजिकै रहेको गोठको दलिनमा प्लाष्टीकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको छ ।

नुवाकोट, तादी गाउँपालिका-२, गुच्छेढुङ्गा स्थित बस्ने अन्दाजी ८४ वर्षीय मंगल बहादुर तामाङ आफ्नै घरको सुत्ने कोठाको दलिनमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।