प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०२-१३

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१६, सुर्योदय टोल बस्ने २९ वर्षीय रूपेश लामाको घरमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय शरणपुरबाट प्रहरी टोली खटिगई निजको घर खानतलासी गर्दा डाईजेपाम-१५२ एम्पुल, नुफिन-१५२ एम्पुल, फेनार्गन-१५१ एम्पुल सहित  जिल्ला बारा घर भएको २१ वर्षीय रबिन कुमार यादबलाई नियन्त्रणमा लिएको र रूपेश लामा हाल फरार रहेकोले निजको खोजतलास कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।