प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भिरबाट लडि मृत्यु

२०८०-०१-२३

  • A
  • A-
  • A+
Share

धादिङ, नेत्रावती गाउँपालिका-५, टोडके स्थित बस्ने वर्ष अन्दाजी ६७ को वीर बहादुर गुरुङ आफ्नै घरदेखि अन्दाजी ६०० मिटर दक्षिण स्थित रहेको भोक्टे घारी जंगलमा घास काट्‍न गएकोमा सोहि जंगलको भिरबाट अन्दाजी २०० मिटर तल सडकमा खस्दा घटनास्थलमै मृत्यु भएको छ । यस घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।