प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

वृक्षारोपण कार्यक्रम सम्पन्न

२०८०-०४-०१

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरीको “एक प्रहरी एक विरुवा” अभियान अन्तर्गत बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको समुपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमकाबीच यस कार्यालयको परिसरमा विभिन्न जातका १४७ वटा वोटविरूवाहरू वृक्षारोपण गरिएको थियो । उक्त कार्यक्रममा यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागीता रहेको थियो । आगामी दिनहरूमा समेत यस कार्यालय तथा मातहतमा वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।  

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।