प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा अवैध कपडा नियन्त्रणमा

२०८०-०३-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले बिरगंजबाट पोखरा तर्फ जाँदै गरेको प्रदेश -२-०३-००१ ख ६२०५ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको अगाडीको क्याविनमा प्लाष्टिकको झोला भित्र भन्सार छलि लुकाई छिपाई ल्याएको साडी २३ पिस, कुर्था सुरुवाल ३५ पिस, जयपुरी कुर्था-९ पिस र थान कपडा -५ पिस अवैध कपडा अन्दाजी मुल्य रू ७०,००० ।- बराबरको फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।