प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-१०-२४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-७, रमौली बस्ने वर्ष अन्दाजी ४५ को  जगत बहादुर प्रजाको घरमा लागुऔषध गाँजा छ भन्ने  विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यलय, मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि गई चेकजाँच गर्दा घर देखी पश्चिम तर्फ मल राख्ने खाल्डोमा लुकाइ छिपाई राखेको लागुऔषध गाँजा ६४ किलो फेला परेका थिए । लागुऔषध गाजाँ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्या भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।