प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

२०८१-०१-०६

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, महाभारत गाउँपालिका-७, गैरि टोल बस्ने २५ वर्षीय प्रेम कुमार घलानले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीलाई कुटपिट गरिरहेको अबस्थामा निजकै दाईले छुट्याउन खोज्दा भरुवा बन्दुक देखाई मार्छु भनेको भनि ईलाका प्रहरी कार्यालय, देविटारमा टेलिफोन मार्फत खबर प्राप्त हुना साथ घटना स्थलमा प्रहरी टोली खटिई गई निज प्रेम कुमार घलानलाई एक नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।