प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भन्सार छली गरी ल्याएको सामान बरामद

२०८०-०४-२५

  • A
  • A-
  • A+
Share

 रसुवा गोसाईकुण्ड गाउँपालिका-५, स्याफ्रूवेशी स्थित प्रहरी चेकप्वाईन्टमा खटिएको नियमित चेकिङ टोलीले टिमुरेबाट काठमाण्डौँ  तर्फ जादै गरेको सार्वजनिक सवारी साधनको चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएको घ्यु  १४ कार्टुन, चियापत्ती १० कार्टुन, सुर्यमुखी गेडा(क्वाची) १० कार्टुन, कफी ३ कार्टुन, गाई चकलेट ५ कार्टुन, सोया सस १ कार्टुन, चिकेन मसला १५ कार्टुन, तेल ६ कार्टुन, अजिनामोटो ९८ पाकेट र चाईनिज फिङ ९९ पाकेट समेतका सामानहरु (अन्दाजी मुल्य १ लाख ५० हजार बराबरको) बेवारिसे अवस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।