प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरूवा बन्दुक सहित एकजना पक्राउ

२०८०-०१-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-१२, तल्लो बसन्त बस्ने अन्दाजी ५५ वर्षीय बुद्धेराम थिङले आफ्नै घरमा एकनाले भरूवा बन्दुक लुकाई-छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले निजको घरमा खानतलासी गर्दा घरको गारोमा लुकाई राखेको अवस्थामा भरूवा बन्दुक फेला पारी भरूवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान  कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।