प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडी घाईते भई उपचारको क्रममा मृत्यु

२०७९-१२-०८

  • A
  • A-
  • A+
Share

रसुवा, गोसाईकुण्ड गाउँपालिका-२, तातोपानी टिमुरे स्थित चाईना ईन्टरनेशनल वाटर कर्पोरेसन हाईड्रोपावरमा काम गर्ने कामदार जिल्ला कैलाली, टिकापुर नगरपालिका-१ स्थायी घर भएका ४८ वर्षीय सुधिराम चौधरी काम गर्ने क्रममा अन्दाजी १४ फिट माथिबाट खस्दा घाईते भई तत्काल स्थानिय अस्पतालमा उपचार गराई थप उपचारको लागी जिल्ला ललितपुर, सानेपा स्थित स्टार अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।