प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न

२०८०-०३-२८

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. १ परेवाकोट स्थितमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय प्रहरी साझेदारीको अवधारणा अन्तर्गत मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.ली. चितवनसँगको सहकार्यमा कफिका विरुवाहरु वृक्षारोपण गरिएको हो । प्रहरी कर्मचारीहरु, जनप्रतिनिधि, समाजसेवी, भद्रभलाद्‍मी, संचारकर्मी लगायत ८५ जनाको सहभागीता रहेको कार्यक्रममा अन्दाजी ३,००० कफिका विरुवा रोपण गरिएको थियो । आगामी दिनहरुमा समेत स्थानीय तह लगायत विभिन्न सरोकारवाला निकायहरुसँगको समन्वयमा बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा यसै किसिमको कार्यक्रम संचालन गरिनेछ ।  


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।