प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निरीक्षण तथा निर्देशन सम्बोधन

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे तथा ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूमा रहेका बिभिन्न शाखा, थुनुवा कक्ष लगायतका स्थानहरूको निरीक्षण गर्नुका साथै कार्यालयको वस्तुस्थितीको बारेमा जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख राणाले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख राणाले जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधी, राजनीतिक दल, सञ्चारकर्मी, पूर्व प्रहरी कर्मचारी, बिभिन्न संघ संस्थाका पदाधिकारी, नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।