प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विभिन्न जिल्लामा झुण्डी मृत्यु

२०७९-११-२४

  • A
  • A-
  • A+
Share

दोलखा, शैलुङ गाउँपालिका-३, फोक्टे घर भई हाल काठमाण्डौ बस्दै आएको अन्दाजी ५२ वर्षीय नारायण श्रेष्ठ जिल्ला दोलखा, भिमेश्वर नगरपालिका-९, एक्लेपाखा सामुदायिक वनमा खरानेको रुखमा रुखको जराको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, हेटौडा उपनगरपालिका-१४, बदेलधाप बस्ने १४ वर्षीया किशिला विश्वकर्मा आफ्नै घरको कोठा भित्र रहेको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत्यु भएको थियो । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-२८, गोलाघाट स्थित नानुमाया कुमालको गोठमा सोही ठेगाना बस्ने ७० वर्षीय धन बहादुर कुमाल फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।