प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछ्ट्टै स्थानमा अवैध लागुऔषध बरामद

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-६, बसनिया स्थित सिर्थौलीबाट पत्रीङ्गा जाँदै गरेको लु ४८ प ८३७६ नम्बरको मोटरसाईकलमा ३ जना सवार देखी शंका लागी प्रहरी चौकी हर्षाहीबाट खटिएको गस्ती टोलिले चेकजाँच गर्दा चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका-५, सिर्थौली बस्ने १७ वर्षीय रोशन अधिकारी र सोही मोटरसाईकलमा सवार सिन्धुली दुधौली नगरपालिका-५, सिर्थौली बस्ने निमेश कुमारको साथबाट NITRVET 27 चक्की र नाम नखुलेको १ चक्की क्याप्सुल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, माझिमटार स्थित पृथ्वी लोकमार्गमा प्रहरी चौकी जोगिमाराबाट खटिएको टोलिले काठमाण्डौबाट पोखरा जाँदै गरेको बा २ ख १४१० नम्बरको माईक्रोलाई चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार यात्रु जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका-७ बस्ने ४१ वर्षीय युवराज गुरुङले बोकेको झोलामा अन्दाजी २ किलो लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।