प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०३-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगर र प्रहरी चौकी, रातोमाटेबाट खटिएको चेकिङ टोलिले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५च ३३८४ नम्बरको कार शंका लागी चेकजाँच गर्दा कारको पछाडी डिक्किबाट ४७ किलोग्राम गाँजा जस्तो देखिने लागुऔषध फेला पारी कार चालक जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१४ बस्ने ४२ वर्षीय कन्हैयालाल महतो, जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१८, बस्ने वर्ष २० की दुसमेना खातुन, सोही ठेगाना बस्ने २१ वर्षीया पुजा कुमारी मण्डल र जिल्ला पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ बस्ने २५ वर्षीय बिनय चौधरी र कार सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको र प्र २-०३-००७ प ४७५४ नम्बरको मोटरसाईकल सहित जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१४ बस्ने २६ वर्षीय बिनोद मण्डल र सोही ठेगाना बस्ने ३९ वर्षीय बिनोद पासवानलाई समेत नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको छ ।

त्यसै गरी DL1GC 3035 नम्बरको ईण्डियन ट्रकको क्याबिनको मुनी १४ वटा पोकामा १४३.८  किलोग्राम गाँजा जस्तो देखिने लागुऔषध फेला पारी ट्रक चालक देश भारत, मोतिहारी गोबिन्द बारा बस्ने ६५ वर्षीय लाल बहादुर सहनीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागुऔषध ट्रकमा हाल्ने मानिसहरू DL12CA0578  नम्बरको ईण्डियन स्कारपियोमा आउँदैछ भनी जानकारी दिएको हुदाँ निजहरुलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१३ बस्ने २५ वर्षीया सन्तोस गुप्ता, जिल्ला बारा,  बिश्रामपुर गाउँपापालिका-४ बस्ने २४ वर्षीय सुरज साह, सोही ठेगाना बस्ने २१ वर्षीय गौतम कुमार साह, जिल्ला पर्सा, छिपहरमाई गाउँपालिका-३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र सोही ठेगाना बस्ने २८ वर्षीय रमेश यादवलाई पक्राउ गरी अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।