प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरूवा बन्दुक सहित १ जना पक्राउ

२०८०-०२-०८

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१३, रानीबाँस बस्ने ४७ वर्षीय केशव हायुको घरमा भरूवा बन्दुक लुकाई  छिपाई राखेको छ भन्ने विशेष सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली खटिगई निजको घरमा खानतलासी गर्दा भरूवा बन्दुक (थान-१) फेला पारी उक्त भरूवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।