प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु

२०८०-०६-०६

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-४, रुप्से बस्ने अन्दाजी ३७ वर्षीय दिनेश लामा आफ्नै घरको धुरीको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

नुवाकोट, ककनी गाउँपालिका-४, रानीपौवा स्थित रानीपौवाबाट डाँडा गाउँ जाने कच्ची सडक खण्डको छेउमा हाल नाम थर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुष ब्यक्ती सल्लाको रूखमा नाईलनको डोरीले लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, कालिका नगरपालिका-४, पिपरिया टोलको सृजना चोक  बस्ने वर्ष अन्दाजी १४ की अग्रता प्रधान आफु सुत्ने कोठाको सिलिङ्ग पंखा झुण्ड्याउने रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

सिन्धुली, तिनपाटन गाउँपालिका-४, बेशीटार घर भई हाल जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर ६ सिद्धस्थली बोडिङ नजिकै डेरा गरी बस्ने अन्दाजी २४/२५ वर्षीया की सन्जु राना मगर आफु सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।