प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा बाघको आक्रमणबाट एकको मृत्यु

२०८०-०८-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-६, खयर घारी गाउँ देखि अन्दाजी २ किलिमिटर दक्षिण तर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ति क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएको अवस्थामा जिल्ला चितवन, राप्ती नगरपालिका-१, दुबिचौर बस्ने अन्दाजी ४३ वर्षीय हरी पौडेललाई जंगली बाघले आक्रमण गरी मारेको भन्ने खबर प्राप्त हुना साथ प्रहरी चौकी सुनाचुरीबाट प्रहरी टोली खटिगई घटनास्थल सुरक्षित राखी मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।