प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०१-१६

  • A
  • A-
  • A+
Share

धादिङ बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटार स्थित पृथ्वीलोकमार्गमा काठमाण्डौंबाट पोखरा तर्फ जादै गरेको बा २ ख १४१० नम्बरको हाईसमा लागूऔषध गाँजा ल्याउदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरी टोलिले उक्त हाईस चेकजाँच गर्ने क्रममा हाईसमा सवार जिल्ला धादिङ थाक्रे गाउँपालिका-३ बस्ने वर्ष २४ को विनोद तामाङ र वर्ष २० को रेशम तामाङको जेब्रा झोला भित्र ५ के.जि. परिणामको लागूऔषध गाँजा फेला पारी निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 

सम्बन्धित समाचार
सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८१-०२-०५

नुवाकोट, दुप्चेस्वर गाउँपालिका-३, राउतबेसी स्थित पुरगाउँबाट समुन्द्रटार तर्फ आउँदै गरेको बा २ ख ६३८१ नम्बरको बसले राउत बेसीबाट पुरगाउँ तर्फ जाँदै गरेको बा.प्रदेश ०२-०२ प ४८५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक नुवाकोट, दुप्चेस्वर गाउँपालिका-३, राउतबेसी बस्ने ४३ वर्षीय अक्सर तामाङको टाउको र खुट्टामा चोट, मोटरसाईकल पछाडी सवार  निजकि श्रीमती अन्दाजी ४० वर्षीया रुपसानी तामाङ खुट्टामा चोट ,अवस्था गम्भिर भएकोले दुवै जना घाइतेहरुलाई उपचारको लागी काठमाण्डौ पठाइएकोमा रुपसानी तामाङको ग्राण्डी अस्पताल काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकल र बस सहित बस चालक जिल्ला नुवाकोट, तादी गाउँपालिका-५ बस्ने अन्दाजी ३६ वर्षीय मनहरि मगरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।