प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध कपडा सहित मानिस नियन्त्रणमा

२०८०-०४-२१

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व-पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको  चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जान आउदै गरेको ना ८ ख८००१नम्बरको  यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त  बसको  पछाडीको साईडको डिकिमा भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको कुर्तासेट १२० पिस अन्दाजी मूल्य रु.७०० का दरले र टप्स ४९ पिस अन्दाजी मूल्य रु.३०० का दरले गरी जम्मा अन्दाजी मूल्य रु.१,००,०००/- (एक लाख) बराबरको अबैध कपडा फेला पारी क्त बसको सहचालक जिल्ला मोरङ रंगेली नगरपालिका-४ बस्ने वर्ष अन्दाजी ३५ को अर्जुन कर्मकारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।