प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट मृत्यु

२०८०-०४-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-५, सुबेदारसौरा बस्ने नाम बहादुर भोलनको श्रिमती वर्ष अन्दाजी ३६ की शान्ती भोलनले आफ्नै घरमा मुसा मार्ने विषादी सेवन गरी उपचारको लागी सोहि स्थित छतिबन अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भऐको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने फारलाईन बस्ने  वर्ष अन्दाजी ३९ की ईन्दु माया महर्जनले आफ्नै घरमा मुसा मार्ने विषादी सेवन गरी बिरामी भई  हेटौंडा सहकारी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।