प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लोडर पल्टिदा सह-चालकको मृत्यु

२०७९-१२-०३

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-२, विप्राङ स्थित दारेचोक देखी शक्तिखोर जाने सडक खन्दै गरेको साक्षी आदर्श कंस्ट्रक्शनको नम्बर नखुलेको लोडर सह-चालकले बाटो मर्मत गर्ने क्रममा लोडर पल्टिन गई सडकबाट अन्दाजी २० मिटर तल खस्दा जिल्ला चितवन, ईच्छाकामना गाउँपालिका-६, चण्डी भन्ज्याङ बस्ने ४२ वर्षीय नवीन गुरुङको घटना स्थलमै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।