प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध अफिम फेला

२०७९-११-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-५, दोबान स्थित भार्ता-मनहरी भित्री सडकखण्डमा प्रहरीले लागुऔषध अफिम जस्तो देखिने वस्तु फेला पारेको छ । उक्त भित्री सडकखण्डबाट मनहरी तर्फ आउँदै गरेको नम्बर नखुलेको FZ मोटरसाईकलमा आएको मानिसले प्रहरीको गाडी देख्ना साथ निजले बोकी ल्याएको झोला फालि फरार भएको थियो । उक्त झोलालाई खोलि हेर्दा लागुऔषध अफिम जस्तो देखिने वस्तु अन्दाजी ३/४ किलो फेला परेको थियो । फरार मानिसको खोजतलास भईरहेको । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको ।  


 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।