प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्याकटर दुर्घटनामा परि एकको मृत्यु

२०८०-०९-२८

  • A
  • A-
  • A+
Share

दोलखा, जिरी नगरपालिका-४, सिउरेनी स्थित भित्री सडकमा सिउरेनीको जंगलबाट काठको मुडा लोड गरि सोहि स्थित रहेको राम प्लाई उड फ्याकट्रीमा जाँदै गरेको लु.३ त. ६८८२ नं. को ट्याकटर अचानक सडकमा पल्टि दुर्घट्ना हुँदा चालक सोहि मोक्पा बस्ने मान नुर्बु शेर्पाको छोरा अन्दाजी वर्ष २४ को दावा शेर्पा घाईते भई उपचारको लागी काठमाडौं तर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।