प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विषादी सेवनबाट महिलाको मृत्यु

२०८०-०६-१५

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-१० बस्ने अन्दाजी ६० वर्षीया दलमाया भुजेलले 'आँधि-५५५' नामक किटनाषक बिषादी सेवन गरी अवस्था गम्भीर भएकोले उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगेकोमा जिल्ला अस्पताल सिन्धुलीले सुविधा सम्पन्न अस्पतालमा लगि उपचार गराउन भनि रेफर गरिदिएकोले बर्दिबास स्थित जनसेवा अस्पतालमा लगी भेन्टिलेटरमा राखी उपचार गराई रहेकोमा निजको अवस्था सुधार हुन नसक्ने भनि डाक्टरले भनेकोले आफन्तले घर फिर्ता ल्याउने क्रममा निज महिलाको बाटोमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।