प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित प्रहरी चौकी किराँतीछाप दोलखाको समुद्‍घाटन

२०८०-०४-१२

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मीत प्रहरी चौकी किराँतीछाप दोलखाको भौतिक संरचना समुद्‍घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका वीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून सचिव श्रीमान् ध्रुव गैंडाज्यूको प्रमुख आतिथ्यतामा समुद्‍घाटन गरिएको हो । उक्त समुद्‍घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रीमान् सचिवज्यूले प्रदेश प्रहरीको भौतिक पुर्वाधार विकास लगायत प्रहरीको क्षमता अभिवृद्धिको लागि प्रदेश मन्त्रालयबाट आगामी दिनहरुमा सहयोगलाई थप वृद्धि गरिदै लैजाने कुरा बताउनु भयो । यसै कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेश प्रहरीको समग्र विकासमा प्रदेश सरकारबाट भएको सहयोगको लागि धन्यवाद दिदै आगामी दिनमा यसै किसिमको सहयोग र सहकार्यमा जोड दिनुभयो । श्रीमान आन्तरिक मामिला तथा कानून सचिवज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, दोलखा जिल्ला स्थितका जनप्रतिनिधिहरू, जिल्ला सुरक्षा समिति दोलखाका पदाधिकारीहरू, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तित्वहरू, समाजसेवी, भद्रभलाद्‍मी, संचारकर्मीहरू लगायत प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।