प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै जिल्लामा मानिस मृत अवस्थामा फेला

२०७९-११-२२

  • A
  • A-
  • A+
Share

नुवाकोट, किस्पाङ गाउँपालिका-४, साल्मे बस्ने अन्दाजी ६० वर्षीय कृष्ण बहादुर घले हाल नुवाकोट बिदुर नगरपालिका-१, सिमुटार सुकुम्बासी टोलमा बसोबास गर्दै आएको र निज बा ८१ प ५३८३ नम्बरको मोटरसाईकल लिई हिडेकोमा मेगाङ गाउँपालिका-२, बुङताङबाट साल्मे तर्फ जाने भित्री कच्ची सडक खण्डबाट अन्दाजी २०० मिटर तल मृत अवस्थामा फेला परेको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-१, नारायणी नदी किनारमा हेटौडा उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय सौरभ पाठकको लास फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।