प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोटमा करेन्ट लागि एकको मृत्यु

२०८०-०२-२७

  • A
  • A-
  • A+
Share

नुवाकोट, तादी गाउँपालिका-४, सातबिसे बजार स्थित निर्माण हुँदै गरेको शिव मन्दिरमा बिजुली बत्ती जडान गर्ने क्रममा अन्दाजी २१ वर्षीय सुमन तामाङ र १८ वर्षीय सरोज मिजारलाई करेन्ट लागी घाईते भई स्थानिय दुप्चेश्वर नेपाल अस्पताल सातबिसे ल्याईएकोमा उपचारको क्रममा सुमन तामाङको मृत्यु भएको छ भने सरोज मिजार को अवस्था मध्यम रहेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।