प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

१५० किलोग्राम बराबरको लागुऔषध गाँजा बरामद

२०८०-०३-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, अधेरीखोला स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको गस्ती टोलिले रोकी राखेको RJ02GA8388 नम्बरको ईन्डियन ट्रकलाई शंका लागी चेकजाँच गर्दा चालक, सहचालक तथा कोही  मानिस नभएको उक्त सवारी साधनको ड्राईभर बस्ने सिट देखि माथीको भागमा लुकाई छिपाई राखेको प्लाष्टिकको टेपले रोलिङ गरेको लागुऔषध गाँजा १५ बण्डल अन्दाजी १५० किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित ट्रक नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।