प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित ईलाका प्रहरी कार्यालय मुग्लिङ, चितवनको भवन समुद्‍घाटन

२०८०-०९-२०

  • A
  • A-
  • A+
Share

नेपाल सरकारको नियमित बजेटबाट ईलाका प्रहरी कार्यालय मुग्लिङ, चितवनको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रममा तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ईच्छाकामना गाउँपालिका, चितवनका अध्यक्ष श्री दान बहादुर गुरूङज्यू, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी श्री भुपेन्द्र थापाज्यू, तालुक नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बरालज्यू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, ईच्छाकामना गाउँपालिका, चितवनका उपाध्यक्ष श्री माया सिलवालज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक श्री रामेश्‍वर कार्कीज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यूहरु, स्थानीय व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

   साथै उक्त कार्यक्रममा प्रहरी कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने विभिन्न निकायका व्यक्तित्वहरुलाई प्रमुख अतिथिज्यूबाट सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।