प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल दुर्घटनामा परि एकको मृत्यु

२०८०-०८-२८

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-६, हनुमानगढी स्थित अरनिको राजमार्ग सडक खण्डमा खाँवाबाट पाँचखाल तर्फ आउँदै गरेको बा ८७ प ६४१  नं. को मोटरसाईकल बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बिपरित दिशाबाट जाँदै गरेको प्र. ३- ०१- ००५ ख ९७०३ नं. को डिब्बा गाडिमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला काभ्रे पनौती नगरपालिका १२ बस्ने  अन्दाजी वर्ष ३४ को रुपक खत्रीको घटनास्थलमै  मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।