प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्याक्टरबाट लडी एकको मृत्यु

२०७९-१२-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-६, खर्कन्टेटार स्थित भित्रि सडकखण्डमा जिल्ला चितवन राप्ति नागरपालिका– ११, फकलटारबाट जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिकस-६, किलिंके तर्फ सिमेन्ट लोड गरी जादैँ गरेको ना ६ त ५२१८ नं.को टेक्टरमा राक्सिराङ गाउँपालिका-६ खर्कन्टेटार बस्ने वर्ष ३३ को काजी मान प्रजा चडी जाने क्रममा टेक्टरको टेलरबाट चिप्ली अनुहार र खुट्टामा चोट लागि गम्भिर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।