प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बेवारिसे कपडा नियन्त्रणमा

२०८०-०५-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५, रातोमाटे चेकप्वाईन्ट स्थित पूर्व-पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाडौ तर्फ जादै गरेको बा.प्र.०१-००६ ख५०४१ नम्बरको यात्रुवाहक बस लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको दाहिने साईडको डिक्कीमा लुकाई छिपाई गरी राखेको अवस्थामा कुर्था सुरुवाल-१३३ थान,बनारसी साडी-१५ थान गरी अं.मुल्य रु.१,६३,०००।–(एक लाख तिरसठ्ठी हजार) बराबरको अवैध भन्सार छली चोरी गरी ल्याएको बेवारिसे कपडा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।