प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नारायणी नदीमा डुबी एकको मृत्यु

२०८०-०३-०१

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१, देवघाट स्थित नारायणी नदीमा देश भारतबाट तिर्थयात्राको लागी UP62AP 9696 नम्बरको गाडीमा ५० जना आएकोमा निजहरू सबैजना स्नान गर्न गएको मध्ये अयोध्या बस्ने २२ वर्षीय प्रदिप शर्मा नारायणी नदीमा स्नान गर्ने क्रममा नदीमा डुबी बेपत्ता भएको सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी देवघाट र वडा प्रहरी कार्यालय नारायणगढबाट विपद् सहितको उद्दार टोली खटि गई खोजतलास कार्य गर्दा सोही नदीमा मृत अवस्थामा फेला पारी मुचुल्का कार्य भईरहेको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको  छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।