प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मासिक कार्य सम्पादन समिक्षा तथा निर्देशन सम्बोधन

२०८०-०३-०४

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले भर्चुअल माध्यमबाट मातहत कार्यालयहरूले जेष्ठ महिनामा सम्पादित कार्यको समिक्षा गर्नुको साथै आवश्यक निर्देशन दिनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित उक्त कार्यक्रममा मातहत कार्यालय प्रमुखहरूले सम्पादित कार्यको प्रस्तुतिकरण गर्नुका साथै प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरूबाट २०८० साल जेष्ठ महिनामा सम्पादित कार्यहरू सहितको निर्देशनात्मक प्रस्तुति गर्नु भएको थियो । यसै अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख राणाले पूर्ण व्यवसायिक रूपमा संगठनले अंगिकार गरेको शुन्य सहनशिलताको नीति अनुरूप कार्य सम्पादन गर्ने, तस्करी नियन्त्रणमा निर्मम तरिकाले प्रस्तुत हुने, प्रहरी आचरण व्यवहार सुधार गर्ने, प्राकृतिक स्रोत साधनको अवैध दोहन नियन्त्रण गर्ने, फरार अपराधी पक्राउ गर्ने, व्यवस्थित ट्राफिक व्यवस्थापन गर्ने र कुनै पनि गुनासो नआउने तवरले आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गरी बागमती प्रदेश भरको शान्ति सु-व्यवस्था अमन चयन तथा अपराध नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित हुन आवश्यक विभागिय निर्देशन दिनुभयो ।


सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।