प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु

२०८०-०२-३२

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, जुगल गाउँपालिका-१, भोटेसेलाङ बस्ने ४१ वर्षीय सोम बहादुर तामाङ घरबाट अन्दाजी १५० मिटर उत्तर तर्फ आफ्नै मकै बारीमा निबारोको रूखमा नाम्लोको डोरी प्रयोग गरेर झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी चौतारा साँगाचोकगढी नगरपालिका-१३, ठुलोसिरुबारी टोल बस्ने ४४ वर्षीया मन्जु नेपाली टहरोको बलोमा दाम्लो प्रयोग गरेर झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।